दाङ, असार १ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताए ।
नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड दिए । उनले भने, “भर्खरै राजनीतिमा आएकाले हामी सिक्दै छौँ, हामीले गरेका कामको निगरानी होस्, असल कामका लागि मार्ग निर्देशन दिनुस् ।”
मुलुकको भौगोलिक अवस्थालाई विचार गरी आगामी आर्थिक वर्षका लागि सन्तुलित रुपमा बजेट विनियोजन भएको बताउँदै सहमहामन्त्री आचार्यले स्थानीय टरिगाउँ एयरपोर्ट र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिको काम भइरहेको बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’