शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

रास्वपाद्वारा कैलाली अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ जेठ, २०८३ मा प्रकाशित
रास्वपाद्वारा कैलाली अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
कैलाली, जेठ ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया तथा मत परिणाम बदर गरेको छ।

आइतबार जारी गरिएको विज्ञप्तिमा आयोगले अधिवेशनको निर्वाचन प्रक्रियामा प्रक्रियागत त्रुटि भेटिएको निष्कर्षसहित सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट आएको नतिजा बदर गर्ने निर्णय गरिएको जनाएको छ।

जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र त्यसको वैधतामाथि प्रश्न उठाउँदै उम्मेदवारहरू तथा पार्टी सदस्यहरूले दर्ता गराएका उजुरीहरूलाई गम्भीर रूपमा अध्ययन तथा समीक्षा गरेपछि उक्त निर्णय गरिएको आयोगले स्पष्ट पारेको छ।

गत जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनबाट सभापति पदमा कविन्द्र ठकुल्ला विजयी भएका थिए। तर केन्द्रीय निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै उक्त निर्वाचनको परिणाम औपचारिक रूपमा बदर भएको छ।

आयोगले अबको प्रक्रिया तथा पुनः निर्वाचन सम्बन्धी निर्णय आवश्यक परामर्श र छानबिनपछि सार्वजनिक गरिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार