अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि भए सार्वजनिक जीवन त्याग गर्ने घोषणा गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा मन्त्री वाग्लले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोपको पुष्टि गर्न चुनौति दिदै आफुले बदमासी गरेको पुष्टि भए अर्थमन्त्री, सांसद मात्रै नभइ सार्वजनिक जीवन नै त्याग गर्ने घोषणा गरेका हुन् ।
नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए । मन्त्री वाग्लेले जेठ १३ र १४ गते विद्युतीय गाडी भित्रिएको तर करका दरका विषय भने जेठ १५ गते बिहान मात्रै टुङ्गीएको जानकारी दिए ।
त्यस्तै उनले आर्थिक बिधेयकमाथिको हेरफेरको बिषयलाई समेत अनावश्यक रुपमा उछालिएको बताए । सामान्य त्रुटी सञ्चाइएको जानकारी आफैंले सांसदहरुलाई दिएको भन्दै उनले भाइरल हुने रहरले जथाभावी लाञ्छना लगाउने कामले सांसदको आफ्नो गरिमा र संसदको ओज स्खलित हुने धारणा राखे । जेठ १७ गते सांसदहरुलाई बितरण गरेपछि आफुले एउटा थोप्लो र पूर्णविराम समेत परिवर्तन नभएको उहाको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकको कोलममा सामान्य हेरफेर गर्दा केही पाना घटेको विषयलाई लिएर अर्थमन्त्रीले पाना नै गायव गर्यो भन्ने जस्ता आरोप लगाइएकोप्रति समेत आपत्ति जनाए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’