काठमाडौं, जेठ २८ :

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर छलीका विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए । अर्थमन्त्रीलाई काम गर्न नदिनका लागि नभइ सुशासनको पक्षमा अघि बढ्नका लागि आफूहरुले संसदीय समितिको माग गरेको उनले बताए ।

उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा जेठ १४ गते पास भएर २१ गते विधुतीय गाडी आउनुले करका दर अगाडी नै चुहिएको आशंका व्यक्त गरे ।

यसअघि पनि विधुतीय गाडीको क्षमता तलमाथि गरेर तातोपानी, कोराला नाका र रसुवागढीबाट आयात गरेको बिषयमा महालेखा परीक्षक कार्यालयले छानबिन गर्न भनेको उनले बताए।