राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावको बेला उम्मेदवार पनि नबन्ने र उम्मेदवारलाई मत माग्न पनि नजाने मानिसहरूले पार्टी छाडेर जाँदा दु:ख मान्न नहुने बताए ।
शुक्रबार राप्रपाको गोरखा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले ‘ऐँजेरु’ आफै झरेर गएको भन्दै अब राप्रपा पार्टी बन्ने बाटो खुला भएको बताएका छन् ।
उनले भने,‘जसले ऐँजेरुका रुपमा काम गरिहेका थिए, खुट्टामा पलाएको ऐँजेरु जुत्ता लगाउन पनि काम नदिने, हिड्न पनि अप्ठारो हुने, काटेर फालुम जिउको मासु फ्याँकुकी नफ्याँकु भनेको बेला आफै झरेर गएको छ।’
विगतका आन्दोलनको समीक्षा गर्दै लिङ्दनेले ८७ वर्षको आराम गर्ने उमेरका व्यक्तिलाई आन्दोलनको संयोजक बनाएर अघि बढ्दा देशभर बनिरहेको माहौल पनि भताभुंग भएको बताए । नवराज सुवेदीलाई त्यतिबेला आन्दोलनको कमान्डर बनाइएको थियो ।
यसैबीच अध्यक्ष लिङ्देनले सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको भन्दै रास्वपा नेतृत्वको सरकार पनि ५ वर्ष नटिक्ने दाबी गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’