बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश मधेस प्रदेश अर्थतन्त्र

महालेखाको वार्षिक प्रतिवेदन : कोसी प्रदेशमा ५८ करोड ६६ लाख बेरुजु

सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
महालेखाको वार्षिक प्रतिवेदन : कोसी प्रदेशमा ५८ करोड ६६ लाख बेरुजु
मोरङ, जेठ २० :

महालेखा परीक्षकको कार्यालयले कोसी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ ५८ करोड ६६ लाख ८३ हजार बेरुजु रहेको जनाएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थाका गरी कूल २०८ निकायको लेखा परीक्षणबाट सो परिमाणको बेरुजु देखिएको उल्लेख छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङलाई महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्रीकुमार राईले मङ्गलबार वार्षिक प्रतिवेदन पेस भएको थियो ।

उक्त प्रतिवेदनले सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने रु १४ करोड ६५ लाख १९ हजार, अनियमित भएको रु सात करोड ३२ लाख ६३ हजार, प्रमाण कागजात पेस नभएको रु २७ करोड ४५ लाख ६१ हजार र पेस्की रु तीन करोड तीन लाख ३७ हजार बेरुजु देखाइएको छ ।

समिति तथा अन्य संस्थातर्फ असुल गर्नुपर्ने रु ५१ लाख ८५ हजार, अनियमित भएको रु चार करोड ६९ लाख ९३ हजार, प्रमाण कागजात नपुगेको रु ९० लाख २५ हजार र पेस्की रु आठ लाख बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

लेखापरीक्षण अङ्कको एक दशमलव १२ प्रतिशत आव २०८१-८२ मा बेरुजु कायम भएको देखाइएको छ । प्रतिवेदनमा हालसम्म बाँकी बेरुजु प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु पाँच अर्ब ६३ करोड पाँच लाख ३९ हजार रहेको नायब महालेखा परीक्षक राईले जानकारी दिए ।

प्रतिवेदनमा आव २०८१-८२ मा प्रदेश सरकारको नौ वटा मन्त्रालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय र स्थानीय तह(वित्तीय हस्तान्तरण)समेत गरी रु ४६ अर्ब ५४ करोड १४ लाख २३ हजार अङ्कको लेखापरीक्षणमा असुल गर्नुपर्ने रु १४ करोड ६५ लाख १९ हजार, नियमित गर्नुपर्ने रु ३४ करोड ७८ लाख २४ हजार, पेस्की रु तीन करोड तीन लाख ३७ हजार देखाएको छ ।

प्रतिवेदनमा मन्त्रालयतर्फ सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा ५६ दशमलव १० प्रतिशत, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा २४ दशमलव १८ प्रतिशत र पर्यटन, वन तथा वातावरण मन्त्रालयको नौ दशमलव शून्य एक प्रतिशत रकम बेरुजु रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेरुजु शून्य रहेको छ भने अन्यतर्फ चार प्रतिशतभन्दा मुनि रहेको छ ।

सोही आवमा स्थानीय तहतर्फ एक महानगरपालिका, एक उपमहानगपालिका, ४३ नगरपालिका र ८३ गाउँपालिका गरी १२८ वटा निकायको कूल रु एक खर्ब ८७ अर्ब ६१ करोड ७२ लाख ५३ हजार बराबर अङ्कको लेखापरीक्षण गरिएको जनाइको छ । त्यसबाट पेस्कीको बेरुजु रु दुई अर्ब ७८ करोड ८५ लाख ११ हजार र पेस्कीबाहेकको बेरुजु रु दुई अर्ब ६२ करोड ९२ लाख ४८ हजार रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार