काठमाडौं, जेठ १९ :
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
लामिछाने पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार भारत प्रस्थान गरेका थिए । भेटवार्ताका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सो क्रममा सभापति लामिछानेले भाजपा कार्यालयको अवलोकन समेत गरेका थिए भने अन्य नेतासँग पनि छलफल गरेका थिए । भाजपा कार्यालय पुग्दा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’