बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति भिडियो

प्रधामन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, नेपालले भारतको सीमा कहाँ मिच्यो?

नेपालले भारतीय सीमा मिचेको कुरा प्रधानमन्त्रीले कसरी थाहा पाए ?
· आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
प्रधामन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, नेपालले भारतको सीमा कहाँ मिच्यो?
काठमाडौं, जेठ १७ :

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादको कुरा गर्दा नेपालले पनि भारतको सीमा मिचेको भन्ने जवाफ दिएपछि सांसदहरु नै चकित परेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै नेपालले कहाँ मिच्यो भनेर जवाफ मागेका छन् । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै सदनलाई थप जानकारी दिन माग गरेकी हुन्।

आइतबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए।

उनले भने, ‘मैंले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’प्रमुख सचेतक थापाले नेपालले कहाँ-कहाँ भारतीय सीमा मिचेको छ त्यसबारे जानकारी दिन अन्यथा गतल अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार