बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

बजेटप्रति पूर्वअर्थमन्त्री एवं दलका नेताहरुको मिश्रित प्रतिक्रिया

स्रोतको सुनिश्चितता र कार्यान्वयनको पाटो चुनौतीपूर्ण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
बजेटप्रति पूर्वअर्थमन्त्री एवं दलका नेताहरुको मिश्रित प्रतिक्रिया
काठमाडौं, जेठ १५ :

पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/०८४ को बजेट समग्रमा उत्साहजनक भएको उनीहरूको टिप्पणी छ ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गरे । उनले भने, “अर्थमन्त्रीले सबैतिर छुट दिने कुरा गर्नुभएको छ, अनुदान दिने कुरा गर्नु भएको छ, सामाजिक सुरक्षाका क्षेत्र बढाउने भनिएको छ, यो नराम्रो कुरा होइन, राम्रो कुरा हो, तर यसले हाम्रो अर्थतन्त्रले धान्न सक्ने देखिँदैन ।”
    
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले बजेटमा लेखिएका भाषा/शब्दहरू मीठा रहेको तर साधन/स्रोतको सुनिश्चितता हुनुपर्ने बताए । उनले भने, “कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा हो, समग्रमा बजेट हेर्दा केही गर्ने उत्साहका साथ आएको देखिन्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो सबैभन्दा महत्त्वपूर्ण भएको टिप्पणी गरे ।  
    
सांसद खुश्बु ओलीले बजेटको सकारात्मक पाटो सुधारमुखी भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, “एआई फ्याक्ट्री स्थापना गर्नेेदेखि मातृभूमि कोषको अवधारणा रोचक आएको छ, तर अर्बौं रुपैयाँको बेरुजु घटाउने विषयमा बजेट बोलेको छैन ।” सरकारले आज आगामी आव २०८३/०८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार