शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति अर्थतन्त्र

मुलुकलाई आरोग्य पर्यटनको गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने

सक्रिय न्युज · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
मुलुकलाई आरोग्य पर्यटनको गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने
काठमाडौं, जेठ १५ :

सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

उनले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बताए । नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरी नियामक र सञ्चालक निकाय छुट्टाछुट्टै बनाइने उल्लेख गरे ।

लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान÷योग केन्द्रको विकास गरिने उनको भनाइ छ । उहाँले योग, ध्यान, साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको उल्लेख गरे । उक्त योजनाले मनाङ, मुस्ताङ र म्याग्दीलगायत हिमाली सांस्कृतिक अनुभवलाई विश्वस्तरमा चिनाउने प्रयास गरेको उनले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार