काठमाण्डौं,साउन १८: केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री थपिएका छन् ।तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो।
चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’