काठमाडौं, जेठ १४ :
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्। श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले खुल्ला निमन्त्रणासहित आह्वान गरेका हुन् ।
साम्पाङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने??? यस्तो नि हुन्छ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’
गत प्रतिनिधिसभा चुनावमा ७ सिट जितेको श्रम संस्कृति पार्टीले यसअघि सुदन किराँती नेतृत्वको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेको छ। अध्यक्ष साम्पाङले पार्टी एकताका लागि गरेको प्रस्तावलाई उज्यालो पार्टीका अध्यक्ष घिसिङले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’