मोरङ, जेठ १३ :
आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर कोसी प्रदेश सभामा हंगामा भएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले रोस्टमै पुगेर माइक भाँचेका छन्।
बुधबार नीति तथा कार्यक्रममाथि संशोधन हाल्न नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले प्रदेश सभामा विरोध जनाए। उनीहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका छन्। नेकपाका सांसदले नियम मिचेको भन्दै प्रदेश सभामा उठेर अवरोध गरेका थिए।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले संशोधन प्रस्ताव हाल्नका लागि दिनु पर्ने समय नदिएको बताए। निक्कै बेरको रस्साकस्सीपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’