शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

‘चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्ने पहल भइरहेको छ ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
‘चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्ने पहल भइरहेको छ ’
काठमाडौं, जेठ १३ :

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बिभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि समाधान भइसकेको भन्दै यसको दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी हुन् । 

यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थती नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उनले बताइन् ।

उनले हाल नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको र  १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको बताइन् । आर्थिक वर्ष २०८१-८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ हुने गरेको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार