मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ६ जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा नेकपाबाट युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेबाट मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् भने शारदादेवी थापाले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
त्यसैगरी, लखनदास युवा तथा समाज कल्याण मन्त्री र मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् ।
यस्तै, नेपाली कांग्रेसबाट नगेन्द्र शाह स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका जंगीलाल रायलाई पदमुक्त गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सहमति जुटेपछि मंगलबार साँझ नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’