शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद भलिबल

काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित
काठमाण्डौं, असोज २४ :

सेन्ट्रल एसिएन भलिबल एसोसिएन काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित हासिल गरेको छ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो ।  श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा हिजो भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को साझो सेटमा जित हात पार्यो ।

नेपाल‌ले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२० ले विजयी भएको हो ।

पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार