बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रधानमन्त्री शाहले ईयूआबद्ध देशका राजदूतहरूसँग मंगलबार सामूहिक भेट्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहले ईयूआबद्ध देशका राजदूतहरूसँग मंगलबार सामूहिक भेट्दै
फाइल तस्बिर ।
काठमाडौं, जेठ ११ :

प्रधानमन्त्री वालेन्द्र शाहले म‌ंगलबार युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।

अघिल्ला सरकारका प्रमुखहरुले विभिन्न देशका राजदूतहरुसँग एक्लाएक्लै भट्ने गरेको परम्परालाई तोड्दै वर्तमान प्रधानमन्त्री शाहले राजदूतहरुसँग सामूहिक र कार्यालयमा मात्रै भेट्ने परम्परा बसाल्ने प्रयास गरेका छन् । उनको यो शैलीलाई राजनीतिक वृत्तमा धेरैले मन पराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार