
काठमाडौं, वैशाख ३१ :
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो भन्दै उनले उनीहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको बताए । उनले कारबाही र जिम्मेवारी बाँडफाँडमा दोहोरो मापडण्ड देखिएको भन्दै नेतृत्वप्रति केही असन्तुष्ट पोखेका छन् ।