प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बैठकमा धारणा राख्ने क्रममा शब्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरे ।
अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने विषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा विषेश ध्यान दिन उनले आग्रह गरे ।
साथै उनले रास्वपा सांसद गणेश पराजुलीले धारणा राख्ने क्रममा प्रयोग गरेका केही शब्दहरु संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए । बैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले धारणा राख्दा प्रयोग भएका केही शब्दलाई हटाउन विपक्षी दलका सांसदहरुले माग गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’