शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विपक्षीले चल्नै नदिएपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

‘आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नै उपस्थित हुनुपर्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० वैशाख, २०८३ मा प्रकाशित
विपक्षीले चल्नै नदिएपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं, वैशाख ३० :

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलहरुले पटकपटकको अवरोध गर्दै बैठक चल्न नदिएपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि विपक्षी दलहरु आक्रोशित हुँदै आपत्ति जनाए । आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने विपक्षी दलहरुको माग रहेको थियो  । नीहरुले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गरे । 

सरकारको नीति तथा कार्यक्रम छलफलका लागि पेस गर्ने र छलफलमा उठेका विषयमा जवाफ दिने कार्यसूची थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । तर,त्यो विपक्षी दलहरुलाई मान्य भएन
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार