काठमाडौं, वैशाख ३० :
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपतिले अधिकारीलाई सचिवमा नियुक्त गरेका छन् । सभामुख अर्यालले हर्कराज राईलाई हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका थिए।
निजामती सेवामा २४ वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । संखुवासभा खाँदबारी नगरपालिका– ३ का अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’