प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सचिव राईलाई आज पदबाट हटाएका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताए ।
राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाएको विज्ञप्तिमा उल्लेख छ ।
राईलाई पूर्वसभामुख देवराज घिमिरेले सचिव नियुक्त गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।