नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग उनले पार्टीभित्र परम्परागत गुट नभएको र कुनै पनि आधारमा कसैलाई पक्षपात नगरी १५औँ महाधिवेशमा जाने बताए ।
महामन्त्री घिमिरेले भने, “पार्टीभित्र मतभेद देखिन्छन् । त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार रहेका छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ । हाल एकढिक्का भएर १५औँ महाधिवेशनको तयारीमा लागिरहेका छौँ ।”
हालै केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णयले पनि सबैलाई मिलाएर लैजाने कुरामा आफूहरू तयार रहेको पुष्टि गरेको उनको भनाइ थियो । “पार्टीमा ६०–४० को र अस्वस्थ गुटबन्दीको गुनै गुञ्जायस छैन । पार्टी सबैको साझा थलो हो भन्ने कुरा स्थापित गरेर अघि बढ्छौँ”, महामन्त्री घिमिरेले भने ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’