काठमाडौं, वैशाख २९ :

प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ। बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल हुँदैछ । त्यसअघि सांसदहरुले शून्यसमयमा समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

सरकारले १ सय बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) संसद्‍मा वाचन गरिएको थियो । विपक्षी दलहरुले नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएर पुरानैलाई जलप लगाएको टिप्पणी गरेका छन् ।