काठमाडौं, वैशाख २८ :

प्रधानमन्त्री बालेन शाह संसद् बैठक हलबाट बाहिरिएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला उनी बैठक हलबाट बाहिरिएका हुन्।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै समयमा उनी एकाएक हलबाट बाहिरिएपछि त्यसले राजनीतिक वृत्तमा चासो उत्पन्न गरेको छ । उनी किन बाहिरिएका हुन् भन्ने विषयमा भने प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी गराएको छैन। प्रधानमन्त्री शाह लामो समयसम्म एकै ठाउँमा बसिरहन त्यति रुचाउँदैनन् ।