शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति

मोहना अन्सारी औपचारिक रुपमा नेपाली कांग्रेसमा आबद्ध

देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
मोहना अन्सारी औपचारिक रुपमा नेपाली कांग्रेसमा आबद्ध
काठमाडौं, वैशाख २४ :

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी औपचारिक रूपमा नेपाली कांग्रेसमा आबद्ध भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू राजनीतिक जीवनमा प्रवेश गरेको जानकारी दिएकी हुन्।

अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्दै पार्टी रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने लक्ष्यसहित परिवर्तनको सन्देश दिएको छ।”

उनले प्रजातन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माणमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै अबदेखि आफू औपचारिक रूपमा कांग्रेसमा आबद्ध भएको उल्लेख गरेकी छन्।

अन्सारीले ‘जेनजी आन्दोलन’पछि बदलिएको कांग्रेस र ‘जरा अभियान’मार्फत सबैलाई जोड्ने सन्देशसहित पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार