शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
काठमाडौं, वैशाख २२ :

अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।

आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन ०५, लघुवित्त शून्य दशमलव २१ र निर्जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार