काठमाडौं, वैशाख २१ :
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो। गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
उनी फरार हुने अवस्था नभएकाले सर्वोच्चले धरौटीमा छाड्न भनेको हो। धरौटीमा बुझाउ नसके मात्रै हिरासतमा राख्न भनेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनलाई गत वैशाख १० गते नक्साल क्षेत्रबाट पक्राउ गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै