बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र विगतमा संलग्न रहेको निर्माण कम्पनीमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। आज (वैशाख २१) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित उनका घर तथा बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो।
मुख्यमन्त्री बानियाँले आफू सधैँ सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि अनुसन्धानमा पूर्ण सहयोग रहने बताएका छन्। तर बिना पूर्वसूचना गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा असर परेको उनको भनाइ छ।
सम्पत्ति शुद्धीकरण विभागद्वारा मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा
उनले राज्यका निकायले गर्ने कानूनी अनुसन्धानलाई सकारात्मक रूपमा लिने तर प्रक्रियागत रूपमा गरिएको कारबाहीप्रति असन्तुष्टि रहेको स्पष्ट पारे। साथै, प्रदेशवासी तथा शुभेच्छुकलाई भ्रमित नहुन आग्रह गर्दै आफू जनसेवामा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए। सार्वजनिक पद धारण गरेयता निर्माण व्यवसायी कम्पनीबाट उनी अलग भएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’