
काठमाडौं, वैशाख १६ :
नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिशेषकप्रताप शाहलाई मनोनित गरिएको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार उपनेतामा शाह , संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ । हिजोमात्रै कांग्रेसले आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गरेको थियो ।नेतामा चयन भएपछि उनले २४ घण्टाभित्र प्रमुख सचेतक र सचेतक चयन गर्ने बताएका थिए ।