काठमाडौं, वैशाख ९ :

सेयर लगानीको विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका छन् ।

चौतर्फी आलोचना बढदै गएपछि गृहमन्त्री गुरुङ राजीनामा दिन बाध्य भएका हुन् । उनले राजीनामा दिएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । 

उनले लेखेका छन्, 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।'

पछिल्ला दिनमा सेयरलगायतका अन्य लगानीका विषयमा नागरिकस्तरबाट प्रश्न उठेको विषयलाई आफूले गम्भीर रूपमा लिएको पनि गुरुङले बताएका छन् । नियुक्त भएको १ महिना नपुग्दै उनी राजीनामा दिन बाध्य भएका हुन् । उनी २६ दिन गृहमन्त्री भए । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।