शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश

नवलपरासीमा आगलागी, बाह्र घर जलेर खरानी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
नवलपरासीमा आगलागी, बाह्र घर जलेर खरानी
प्रतीकात्मक तस्बिर ।
नवलपरासी, वैशाख ९ :

पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार  करोड बढीको क्षति भएको छ । आगलागी मङ्गलबार दिउँसो भएको हो ।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान  गरिएको छ ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार