काठमाडौं, वैशाख ८ :
सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। कानुनका विद्यार्थी आयुष बडालले लामिछानेलाई सांसदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गर्दै पेस गरेको निवेदन अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो।
यद्यपि बडालले अदालत प्रशासनको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः निवेदन दिन पाउनेछन्। लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले मंगलबार दिउँसो सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए । लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’