शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

गृहमन्त्रीको विषयमा छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
गृहमन्त्रीको विषयमा छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग
काठमाडौं, वैशाख ८ :

नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कनेक्सनको निष्पक्ष छानबिन गर्न माग गरेको छ। 

एमालेले अनियमितताका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गर्दै  गृहमन्त्रीलाई अनुसन्धान प्रक्रियालाई सहज र प्रभावरहित बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै  गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका कतिपय सवालमा आशंका मात्र उत्पन्न नगरी विगतमा भएका सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत  उजागर हुन सक्ने सङ्केत गरेको  छ ।

गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने एमालेको माग छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार