काठमाडौं, वैशाख ७ :

नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । सहमतिबाट नेता चयन हुन नसकेपछि निर्वाचनमार्फत नेता चयन गर्न लागेको हो ।

जसअनुसार वैशाख ११ गते शुक्रबार निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।सोही दिन दिउँसो ३ : ३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने जारी निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै जसो दलले नेता चयन गरिसक्दा पनि कांग्रेसले चयन गर्न सकिरहेको छैन।   कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बेसहितका नेताहरू आकाङ्क्षी छन् । प्रतिनिधिसभाका कांग्रेसका जम्ममा ३८ सांसद छन् ।