
काठमाडौं, वैशाख ४ :
नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।
पछिल्लो समय रिट निवेदकको तर्फबाट जवाफी बहस भएको छ । रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरेका छन् । विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बहस गरे ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि उक्त निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । अब जवाफी बहसपछि यो रिटमा आजै फैसला आउनसक्ने देखिएको छ ।