बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

ओली र लेखकलाई अदालतले छाडेकोमा गृहमन्त्री गुरुङको असन्तुष्टि

आफ्नै बाबुले गल्ती गरे पनि नछाड्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
ओली र लेखकलाई अदालतले छाडेकोमा गृहमन्त्री गुरुङको असन्तुष्टि
काठमाडौं, वैशाख ४ :

गृहमन्त्री सुधन गुरुङले भीआईपीलाई अदालतले छाडेकोमा असन्तुष्टि पोखेका छन् । पत्रकारहरुसँगको भेटघाटका क्रममा गुरुङले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको भएपनि अदालतले छाडेकोमा असन्तुष्टि पोखे । 

उनले भने,‘रातभर दुई आईजीपी म बसेर काम गर्‍यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो।’  उनले गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने भन्दै आफ्नै बाबुले गल्ती गरे पनि नछाड्ने बताए।

पक्राउ गर्दा विभिन्न कानुनका कुराहरु आउँदा रहेछन् भन्दै उनले अहिले आफैंले कानुन अध्ययन गर्न थालेको बताए ।‘अब भोलिका दिनमा कसैलाई पक्राउ गर्दा यो कारण र यो कानुनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्’, उनले भने । अहिले भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार