बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस्ः पूर्वराष्ट्रपति भण्डारी

निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ वैशाख, २०८३ मा प्रकाशित
नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस्ः पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर ।
काठमाडौं, वैशाख १ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेकी छन् ।

नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न प्रेरणाको कामना गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि अहिलेको आवश्यकता रहेको बताएकी छन् । उनले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ सङ्कल्पसहित अघि बढ्न सबैमा आह्वानसमेत गरिन्।

सन्देशमा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता रहेको सन्देशमा उल्लेख गरेकी छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार