गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उनले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरेका थिए । उनले शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डका पहिरोगूस्त क्षेत्र घोप्टेभिर, तुइन खोलालगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्री गुरुङ आज पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निरीक्षण गर्न त्यसतर्फ पुगेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’