काठमाडौं, चैत २६ :

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति  पौडेलले सोही दिन बस्ने संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  राष्ट्रपतिको कार्यालयका सचिव माहादेव पन्थद्वारा जारी पत्र अनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक बस्ने छ ।