शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

श्रम संस्कृति पार्टीकी ठाकुर उपसभामुख बन्ने निश्चित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
श्रम संस्कृति पार्टीकी ठाकुर उपसभामुख बन्ने निश्चित
काठमाडौं, चैत २६ :

प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रुवीकुमारीले निर्धारित समयभित्र उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला छन्।  दुई तिहाई बहुमत नजिक रहेको रास्वपाले जसलाई समथर्न गर्छ सोही पार्टीका उम्मेदवार सभामुख बन्ने निश्चित छ ।

राप्रपाले आफ्नो पार्टीलाई रास्वपाका सभापति रवि लामिछानेले समर्थन गर्ने आश्वासन दिएको दाबी गरे पनि उम्मेदवारी दर्तासँगै उसको समर्थन श्रम संस्कृति पार्टी रहेको स्पष्ट संकेत मिलेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार