शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा
काठमाडौं, चैत २६ :

प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । पक्राउ परेको १३ औं दिनपछि बिहीबार हिरासत मुक्त गरिएको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई परिवारको जिम्मामा हाजिर जमानीमा थुनामुक्त गरिएको बताए । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई उनको निवास कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । लेखकलाई भने  महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार