बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

ऊर्जा खपत घटाउने नीति : सरकार जोर-बिजोर प्रणाली लागू गर्ने तयारीमा

‘वर्क फ्रम होम’र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
ऊर्जा खपत घटाउने नीति :  सरकार जोर-बिजोर प्रणाली लागू गर्ने तयारीमा
चैत २४ :

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकार जोर–बिजोर प्रणाली लागू गर्ने तयारीमा जुटेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचतका लागि विभिन्न उपायहरू अघि बढाइएको बताइन् ।

उनका अनुसार सरकारले थोक बिक्री नियन्त्रण गर्नुका साथै उच्च पदस्थ व्यक्तिहरूको इन्धन प्रयोगमा कटौती गरिसकेको छ। “थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती भइसकेको अवस्था छ। आवश्यक परे जोर–बिजोर प्रणाली पनि लागू गरिनेछ,” मन्त्री रावलले भनिन्।

ऊर्जा खपत घटाउन सरकारले सर्वसाधारणलाई ‘वर्क फ्रम होम’ अपनाउन तथा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आह्वान गरेको छ।

दीर्घकालीन समाधानका लागि सवारीसाधन रूपान्तरणसम्बन्धी कानुनी व्यवस्था अघि बढाइएको र इथानोल नीतिको तयारी भइरहेको पनि सरकारको भनाइ छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार