बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश कोसी प्रदेश अर्थतन्त्र

उद्योगी-व्यवसायी मैत्री कानुनमा सुधार गर्न सरकारलाई आग्रह

कालोबजारीसम्बन्धी ऐन खारेज गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
उद्योगी-व्यवसायी मैत्री कानुनमा सुधार गर्न सरकारलाई आग्रह
काठमाडौं, चैत २२ :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान समयमा केही कानुनहरु उद्योगी–व्यवसायीमैत्री नरहेकाले ती कानुन सुधार तथा संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आठौँ प्रदेश सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले औद्योगिक वातावरण सुधार गर्न व्यावहारिक र समयसापेक्ष कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् । व्यवसायीहरुलाई सहज रुपमा लगानी र सञ्चालन गर्ने वातावरण नहुँदा आर्थिक गतिविधि प्रभावित हुने उनले बताए। 

अध्यक्ष ढकालले सरकारले औद्योगिक क्षेत्रको विकासका लागि केही अव्यवहारिक ऐनहरु विशेषगरी कालोबजारीसम्बन्धी ऐन खारेज गर्ने तयारी गरेकोमा प्रशंसा व्यक्त गरे । उनले उद्योग–व्यवसाय क्षेत्रलाई अख्तियारको दायरामा राख्ने विषयमा निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै सो विषयमा आंशिक रुपमा संशोधन गराउन सफल भए पनि अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेकाले निरन्तर पहल आवश्यक रहेको बताए।  अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै उद्योगमैत्री नीति तथा कानुनी सुधार अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले औद्योगिक वातावरण निर्माण र अर्थतन्त्र चलायमान बनाउन राजनैतिक स्थिरता आवश्यक रहेको बेला दुई तिहाइको सरकार बनेकाले आफुहरु आशावादी भएको बताए । उनले निजी क्षेत्रको सहयोगबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव भएको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभाले नया नेतृत्व चयन गर्ने बताइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार