काठमाडौं, चैत २२ :
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दिन बिदा दिने निर्णय गरेको हो।
भोलिदेखि नै लागू हुनेगरी सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
मध्यपूर्वमा भएको द्वन्द्वका कारण पेट्रोलिय पदार्थ र ग्यासको अभाव हुन थालेपछि सरकारले यो नीति लिएको हो । सरकाले दैनिक घाटा खाएरै भए पनि इन्धन बिक्री वितरण गर्दै आएको छ । सरकारले यो निर्णयले आर्थिक घाटा कम हुने अपेक्षा गरिएको छ ।
यस्तै सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गते सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले शैक्षिक सत्र १३ दिन ढिला गर्ने निर्णय गरेको हो। यसअघि वैशाख २ मा नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’