शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

घाइते सातै जनालाई उपचारका लागि पोखरा लगियो

· शुक्रबार, १९ असोज, २०८१ मा प्रकाशित
घाइते सातै जनालाई उपचारका लागि पोखरा  लगियो
काठमाण्डौं, असोज १९ :

आँधीखोला गाउँपालिका –२ बेझाङमा भएको बोलेरो जीप दुर्घटना घाइते सातै जनालाई उपचारका लागि पोखरा लगिएको छ । सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप आज बेझाङ भालेखर्क भित्री सडकमा दुर्घटना भएको थियो ।

जीपको ब्रेक फेल हुँदा सवारी चालकसहित ९ मध्ये घाइतेको सेतीदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।

दुर्घटनामा आँधीखोला गाउँपालिका –५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाई, कास्की महानगरपालिका –११ कि तीन वर्षीय सोफिया नेपाली, पोखरा छोरेपाटनक–१६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी– ५ कि ५८ वर्षीय शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देलको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लागि लगिएको पौडेलले बताउनुभयो ।

बिरामीको टाउको, हात, खुट्टालगायतमा चोट लागेको पौडेलले बताउनुयभो । जिप चालक अर्जुनचौपारी –५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको, जिप घटनास्थलमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताउनभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार