
ललितपुर, चैत १८ :
नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा भोलिदेखि सुरु हुन लागेको प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल भइरहेको छ। साथै बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने जनाइएको छ।
प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो। थापा एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने वरिष्ठ नेता भएको हुँदा उनी नै दलको नेता बन्ने सम्भावना प्रवल रहेको छ ।