काठमाडौं, चैत १६ :

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ । 

लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी यशोदा लेखकलाई तत्काल रिहाइको माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई दमन गरेको भन्दै जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा गत शनिबार बिहान उनलाई घरैबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।