बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश कोसी प्रदेश

योजना अधिकृत हमालको लेक लागेर मृ*त्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ चैत, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
ताप्लेजुङ, चैत १५ :

समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृ*त्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए । कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए।

हमालको शव परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरी निरीक्षक यादवले उल्लेख गरे । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार