
काठमाडौैं, चैत ११ :
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले रामनवमीका दिन प्रधानमन्त्रीको शपथ लिँदैछन् । स्रोतका अनुसार चैत १३ गते दिउँसो १२ बजेर ३४ मिनेटमा उनको शपथग्रहण हुनेछ।शपथग्रहणमा स्वस्तिवाचन र शंखनाद गर्ने कार्यक्रमसमेत बुझिएको छ।
शपथग्रहणपछि उनी २ बजेर १५ मिनेटमा सिंहदरबार पुगी प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्। बालेनसँगै केही मन्त्रीहरूले पनि शपथ लिने भनिए पनि अहिलेसम्म मन्त्रीहरूको सूची सार्वजनिक भइसकेको छैन।अर्थमन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र गृह मन्त्रालयमा डिपी अर्यालले नेतृत्व गर्ने बुझिएको छ।